`

नेप्सेमा ७ अर्ब ८ करोडको किनबेच

Nepal One HD १ जेठ २०८२ १६:०५
अर्थ समाचार

काठमाडौं । बिहीबार पनि शेयर बजार नेप्से घटेको छ । बिहीबार नेप्से ८ दशमलव ४१ अङ्कले घटेर २ हजार ६ सय ११ दशमलव ८५ विन्दुमा झरेको छ । साताको पहिलो दिन आइतवार नेप्से १२ दशमलव ५३ अंकले घटेकोमा अरु दिन पनि लगातार घटेको थियो ।

आज होटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज कर्पाेरेट विकास बैंकको शेयर सबैभन्दा धेरै साढे ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन ओम मेगाश्री फर्मास्युटिक्लस कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज ३२० वटा कम्पनीका १ करोड ७४ लाख कित्ता शेयर ७ अर्ब ८ करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया