आस्था राखेकै कारण आफ्ना पार्टीका नेता कार्यकर्ता पक्राउ गरिएको भन्दै लिङ्देनको आपत्ति


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराज्यमा आस्था राखेकै कारण आफ्ना पार्टीका नेता कार्यकर्ता पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले आस्थाका आधारमै पक्राउ गर्ने क्रम नरोकिए त्यसले विद्रोह निम्त्याउने चेतावनी दिए ।
उनले भने, ‘आस्थाकै आधारले एकपछि अर्कोगरी अनेक बहानाले पक्राउ गर्दै लाने हो भने म प्रधानमन्त्री, गृहमन्त्री र सिंगो सरकारलाई भन्न चाहन्छु यसरी निषेध गरेर लाने भए औपचारिक रुपमै सरकारले भन्दियोस् तिमीहरु विद्रोहमा जाउ । राप्रपा लगायत हिन्दूराज्य, राजसंस्था मान्छु भन्नेहरुले संघीयता मान्दिन, प्रदेश मान्दिन भन्नेहरु देशमा सुशासन हुनुपर्छ, भष्ट्राचार गर्नेलाई दण्डित हुनुपर्छ भन्नेहरु यसरी प्रताडित हुनुपर्छ भने विद्रोहमा जान्छौं । विद्रोहमा जाउ, जंगल पस भन्नुपर्यो ।’