`

तनहुँमा बस र टिपर ठोक्किँदा ६ जना घाइते

Nepal One HD ६ जेठ २०८२ ९:०६
प्रमुख खबर

दमौली । तनहुँको डुम्रेमा बस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । रुकुमपश्चिमबाट आइरहेको बस टिपरसँग ठोक्किएर दुर्घटना भएको हो ।

घाइतेहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये बस चालकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

 

 


प्रतिक्रिया