`

तीनकुने घटनामा अन्तर्राष्ट्रिय सन्धिहरूकोसमेत उल्लङ्घन भएको स्वतन्त्र नागरिक छानबिन आयोग ठहर

Nepal One HD १४ जेठ २०८२ १५:०८
प्रमुख खबर

काठमाडौँ । काठमाडौंको तीनकुनेमा गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा भएको घटनाबारे देवेन्द्रलाल नेपाली नेतृत्वको स्वतन्त्र नागरिक छानबिन आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ ।

आयोगले बुधबार पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा घटनामा नेपालको संविधान, मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र र विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरूको उल्लङ्घन भएको आयोगले ठहर गरेको छ ।

प्रतिवेदनमा कार्यक्रम संयोजक प्रहरीको घेराभित्रबाटै फरार भए पश्चात वरिपरीका निजी घरहरुमा आगजनी हुनु, गोली हान्नुपर्ने परिस्थिति नभएको अवस्थामा गोली हानिएको उल्लेख छ । विज्ञहरुले घटनामा सुरक्षाकर्मीले अनावश्यक र अत्यधिक बल प्रयोग गरेको बताएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया