`

बजेटमा निजी क्षेत्रको सुझाव समेटियो, कार्यान्वयन जरुरी छ :अध्यक्ष ढकाल

Nepal One HD १५ जेठ २०८२ १९:०४
अर्थ समाचार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र ढकालले उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको तर्फबाट दिएको धेरै सुझावहरु बजेटमा समेटिएको बताएका छन् ।
बिहीबार संसद भवनमा बोल्दै उनले बजेटमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेर भन्दै महासंघले दिएका सुझावहरु बजेटमा समेटिएको बताए ।

उनले भने, ‘उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको तर्फबाट दिएको धेरै सुझावहरु बजेटमा समेटिएको छ । तर यो कार्यान्वयन भएन भने जति राम्रो भएपनि केही काम हुदैँन् । बजेटमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेर छ ।’


प्रतिक्रिया