`

देउवा र मुख्यमन्त्री शाहबीच नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछिको परिस्थितिबारे छलफल

Nepal One HD २१ असार २०८२ १४:१२
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहीबीच भेटवार्ता भएको छ ।

शनिबार बुढानिलकण्ठस्थित देउवा निवासमा दुई नेताबीच भेटवार्ता भएको छ । भेटमा नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको विषयमा छलफल भएको थियो ।

नागरिक उन्मुक्ति पार्टीकातर्फबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए । त्यसपछि नागरिक उन्मुक्तिले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सभापति देउवाले मुख्यमन्त्री शाहलाई देखिएका समस्याहरू वार्ताबाट समस्या समाधान गर्न र रिक्त रहेको मन्त्रालयमा नागरिक उन्मुक्तिबाटै मन्त्री बनाउनेगरि अघि बढ्न मुख्यमन्त्री शाहलाई सभापति देउवाले सुझाव दिएको शाहका प्रेस संयोजक डम्मर बमले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *