`

गणतन्त्र स्थापनाको श्रेय गिरिजाप्रसादलाई जान्छः सभापति देउवा

Nepal One HD २१ असार २०८२ १८:२३
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र स्थापनाको श्रेय पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालालाई जाने बताएका छन् ।

जय नेपाल फाउन्डेसनले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा सभापति देउवाले कोइरालकै कारण नेपालमा गणतन्त्र आएको बताएका हुन् । उनले गणतन्त्रबारे सोच्नसमेत नसकिने समयमा कोइरालाले राजतन्त्र ढाल्ने हिम्मत गरेको बताए ।

उनले भने, ‘गिरिजाबाबु हिम्मत भएको व्यक्ति हो । त्यो बेला मान्छेहरूले गणतन्त्र ल्याउनुपर्छ भनेर सोच्न पनि सक्दैन थिए । उहाँले हिम्मत गर्नुभएकै हो ।’

त्यसक्रममा सभापति देउवाले गिरिजाप्रसाद कोइरालासँग आफ्नो झगडा भएको प्रसंग पनि सुनाए । उनले भने, ‘गिरिजाबाबु र मेरोबीचमा झगडा भएको सबैलाई थाहा छ क्यारे । उहाँले मलाई पार्टीबाट निकालिदिनुभयो । मैले अर्को पार्टी खोलेँ ।’

त्यसपछि आफूले गिरिजाप्रसाद र ज्ञानेन्द्र शाह एउटै भएको अभिव्यक्ति दिएको बताए । उनले भने, ’एउटाले पार्टीबाट निकाल्यो अर्कोले प्रधानमन्त्रीबाट निकाल्यो । त्यसपछि मैले त्यसो भनेको हुँ ।’ उनले पछि गिरिजाबाबुले फेरि मिल्नुपर्छ भनेपछि पार्टीमा एक भएर काम गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *