स्पेन प्रकरण: छानबिन गर्न गृह मन्त्रालयमा आईजीपी सहितका प्रमुखको बैठक बस्दै

बिशेष

काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्पेनमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने नाममा भिसा लगाइएका व्यक्तिहरुबारे छानबिन गर्न आकस्मिक बैठक डाकेका छन् ।
गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी दीपक थापा, सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ, मानव बेचबिखन ब्युरो प्रमुख कृष्ण पंगेनी र अध्यागमन विभाग प्रमुख गोविन्द रिजाल सहितको बैठक सिंहदरबारमा बस्न लागेको हो ।
आज सोमबार साढे एक बजे गृह मन्त्रालयमा बस्ने उक्त बैठकमा कुन एनजीओ वा आईएनजीओले ती व्यक्तिहरूलाई स्पेन लैजान अनधिकृत रूपमा पैसा उठाएको हो भन्ने जाँचपड्ताल गर्न निर्देशन दिइने गृहमन्त्रालय स्रोतले बतायो ।
मन्त्री लेखकले आज सोमबार बिहान गृहसचिव दुवाडी र आईजीपी थापालाई बोलाएर यसबारे छानबिनका लागि निर्देशन समेत दिएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट