`

मधेस प्रदेशमा ‘लम्पीस्किन’को सङ्क्रमण बढ्दो

Nepal One HD ३० असार २०८२ १९:२३
समाचार

जनकपुरधाम, ३० असार : मधेस प्रदेशमा पशु चौपायामा लाग्ने लम्पीस्किन सङ्क्रमण तीव्र रुपमा बढ्दो छ । विगत दुई महिनादेखि सो रोग मधेस प्रदेशमा पैmलिँदै गएको होे ।

मधेस प्रदेशको पशुपन्छी विकास निर्देशनालय जनकपुरका अनुसार प्रदेशअन्तर्गतका जिल्ला तथा ग्रामीण क्षेत्रमा एक हजार ४१ पशुमा लम्पीस्किनको सङ्क्रमण फेला परेको छ । सो रोगबाट हालसम्म १५ वटा पशुचौपाया मरेका छन् । उक्त रोग लागेमा पशुलाई सुरुमा ज्वरो आउने, शरीरमा घाउखटिरा हुने तथा अन्नपानी चारा एवं घाँस खान नखोज्ने लक्षण देखिन्छ ।

निर्देशनालयबाट प्राप्त विवरणअनुसार मधेस प्रदेशको सिरहामा ३७३, धनुषा जिल्लामा ३३०, सर्लाहीमा २५०, रौटहटा ७६ वटा पशुमा लम्पीस्किन भेटिएको छ । साथै उक्त रोगबाट धनुषामा सात, सर्लाहीमा चार तथा रौतहटमा चारवटा पशु मरेका छन् । रोगको पहिचान भएपछि सो सङ्क्रमण हुन नदिन खोप अभियान सुरु गरिएको निर्देशनालयका निर्देशक जागेश्वर यादवले जानकारी दिनुभयो ।

सो अभियानअन्तर्गत प्रदेशभरिका दुई लाख ४५ हजार पशुलाई खोप लगाइएको जनाइएको छ । प्राप्त जानकारीअनुसार दुई लाख ३१ हजार ५१५ पशुलाई विज्ञ केन्द्रमार्फत खोप दिइएको छभने स्थानीय तहमार्फत धनुषामा ५६६, सर्लाहीमा १७५ तथा रौतहटमा तीन हजार ७०० पशुलाई खोप लगाइएको छ ।

यो गाई तथा भैँसीमा देखिन एक विषाणुजन्य रोग हो । प्रदेशभरि खोप अभियान सञ्चालन गर्दै उच्च जोखिम भएका क्षेत्रहरुमा निःशुल्क खोप वितरण भइरहको यादवले बताउनुभयो ।

रोग फैलाउने कीटाणु नियन्त्रणका लागि कीटनाशक औषधि समेत छर्किने गरिएको छ । साथै गोठ सफाइ, मलमूत्र व्यवस्थापन तथा जैविक सुरक्षाका उपाय उपनाउनका लागि किसानलाई पे्ररित गरिएको छ । गम्भीर अवस्थामा पशु चिकित्सक टोली खटाएर उपचार व्यवस्था गरिएको निर्देशक यादवको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *