`

एनआरएनए जापानको १२औ माहाधिवेशनमा सदस्य पदका शंकर सुबेदीले गरे उम्मेदवार घोषणा

Nepal One HD ३१ असार २०८२ ७:२८
प्रवास

काठमाडौं । एनआरएनए जापानको १२औ माहाधिवेशनमा सदस्य पदमा शंकर सुबेदीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।सुबेदीले सन् २०२५-२०२७ कार्यकालको लागि सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

एनआरएनए जापानको अभियानमा ७ बर्ष बिताएर अब केन्द्रमा गएर फरक परिचय बनाउने सोचका साथ उम्मेदवार बन्नुभएका सुबेदी नेपालीहरुको बिचमा एनआरएनएको माध्यमबाट आफ्ना सामाजिक
गतिबिधी संचालन गर्नका लागी आफुलाई तयारी गराएको र उम्मेदवारी दिने निधो गरेको बताउनुभयो । उहाँले चिबा क्षेत्रमा सस्थापक सदस्य देखी सह-सचिब,सचिब र उप संयोजक भई काम गरिसकेको अनुभब बटुल्नु भएको छ । चिबाबाट उदाएका सुबेदीले ओकिनावा देखी सापोरो सम्मका नेपालीहरुको बिचमा एनआरएनएको माध्यमबाट आफ्ना सामाजिक गतिबिधी अगाडि बढाउन चाहानुभएको छ ।

सुबेदीले जापानबासि नेपालीहरु जो एनआरएनए जापानका पञ्जीकृत सदस्य हुनुहुन्छ,उहाँहरुलाइ आफ्नो एक अमुल्य भोट आफुलाई हालीदिएर बिजयी बनाईदिनुहुनको लागि अनुरोध गर्नुभएको छ ।

नेपालको गैंडाकोट ११ मा जन्मिनु भएका सुवेदी १२ बर्षदेखि चिबामा बस्दै आइरहनु भएको छ । उहाँले कन्सल्टेन्सी लगायतका बिभिन्न साझेदार ब्यबसायमा पनि हातेमालो गर्दै आइरहनु भएक छ ।उहाँलेहरेक कुरामा नयाँ स्टुडेन्ट लाई प्रथामिकता दिदै आइरहनु भएको छ । उहाँको चिबा क्षेत्रमा लामो अनुभब रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *