`

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Nepal One HD १ साउन २०८२ ८:२९
राजनीति

काठमाडौं। संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्।बिहीबार कानून, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ। बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक-२०८१ को सम्बन्धमा दफावार छलफल हुने कार्यसूची छ।

यस्तै,सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान सवा ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरु सम्बन्धी अध्ययन प्रतिवेदन-२०८२ माथि छलफल गर्ने कार्यसूची छ।

त्यस्तै,विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा जलस्रोत विधेयक- २०८१ मा सैद्धान्तिक छलफल हुने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *