बजारमा तरलता धेरै भएपछि आज पनि ८० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

अर्थ समाचार

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले निक्षेप सङ्कलन उपकरण जारी गरेको छ । बुधबार राष्ट्र बैङ्कले तरलता व्यवस्थापन गर्न ८० अर्ब रुपैयाँको निक्षेप सङ्कलन उपकरण जारी गरेको हो ।
बैङ्कहरूमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैङ्कले ५६ दिनको लागि ८० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्न लागेको हो । जसको बोलकबोल आज बुधबार नै ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’मार्फत हुने जनाइएको छ ।
आवेदन बुधबार ३ बजेसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् ।
उपकरणको ब्याजदर बोलकबोलमार्फत नै निर्धारण हुनेछ भने, सावाँ तथा ब्याज भुक्तानी असोज १ गते हुने राष्ट्र बैङ्कले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट