`

भोटेकोशी बाढीले अलपत्र परेका २०३ नेपालीको १५ दिनपछि उद्धार

Nepal One HD ७ साउन २०८२ १८:५४
बिशेष

सिन्धुपाल्चोक । भोटेकोशी बाढीले अलपत्र परेका २०३ नेपालीको १५ दिनपछि उद्धार गरिएको छ । उनीहरुलाई बुधबार चिनियाँ नाका हुँदै नेपाल ल्याईएको हो ।

चीनको परराष्ट्र विभागले उनीहरुलाई केरुङबाट तातोपानी मितेरी पुलमा ल्याएर अपराह्न सिन्धुपाल्चोक प्रशासनलाई जिम्मा लगाएको हो । रोजगारीका सिलसिलामा गएकाहरु, चालकलगायतका नेपालीलाई बाढीपछि केरुङमा राखिएको थियो । उनीहरुलाई चिनियाँ सुरक्षाकर्मीसहित २० वटा गाडीमा केरुङबाट तातोपानी नाका ल्याइएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

उनीहरुलाई खाने र काठमाडौँ जाने यातायातको व्यवस्था बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपलिक र अरनिको यातायातले गरेका छन् ।

गत २४ को भोटेकोशीको बाढीका दिन राति रसुवाको मितेरी पुलस्थित तिब्बतर्फ रहेको ७२ जना कन्टेनर चालकलगायतका नेपालीलाई चीनले नै उद्धार गरेर केरुङ लगेको थियो । उनीहरुलाई अहिलेसम्म खानेबस्नेलगायतका सुविधा दिएर राखेको जानकारी रसुवाका प्रजिअ पौडेलले दिए ।

उनीहरुलाई पनि तातोपानी नाकाबाट ल्याउन लागिएको छ । बाढीका दिन उनीहरुमध्ये कतिपय चालक कन्टेनरको छतमा चढेर ज्यान बचाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *