`

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’ – पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली

Nepal One HD १६ साउन २०८२ १९:२६
प्रमुख खबर

काठमाडौँ, १६ साउन : नेकपा (एमाले) का उपमहासचिव, पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पछिल्लो समयमा मूलधारका मिडियासामु न्यू मिडियाले चुनौती खडा गरिरहेको बताउनुभएको छ ।

काठमाडौँको बनस्थलीमा आज मिडिया ठाँटीको दोस्रो वार्षिकोत्सव समारोहमा उपमहासचिव ज्ञवालीले मूलधारका मिडियाभन्दा सामाजिक सञ्जाल लगायतका मिडियाहरू प्रभावकारी र शक्तिशाली बन्दै आएको प्रतिक्रिया दिनुभयो ।

“पहिले समाचारका लागि पत्रपत्रिका कुर्नुपर्ने अवस्था थियो, तर अहिले समाचारका लागि पत्रिकाहरू कुरिरहनुपर्दैन”, नेता ज्ञवालीले भन्नुभयो, “त्यो पनि तपाईंको आफ्नै हातहातबाट समाचारहरू प्राप्त गर्न सकिन्छ ।”

उहाँले कुनै बेला सङ्गठित मिडिया प्रभावकारी रहेको र पत्रिकाहरूको सर्कुलेसन चार, पाँच लाख रहेको सन्दर्भ जोड्दै अहिले अन्य मिडियाहरू प्रभावकारी रहेको बताउनुभयो । उहाँले अब मिडियाहरू विश्वासनीय बनाउन जरुरी रहेको पनि बताउनुभयो । छिटो गर्ने दौडमा दुर्घटना भइरहेको बताउँदै उहाँले भन्नुभयो, “छिटो गर्ने दौडमा सत्य ओझेलमा परिरहेको छ । प्रस्तुति फ्याक्ट भयो भने मात्रै विश्वसनीय बन्छ, हतारोले धेरै दुर्घटना भएको छ ।”

पूर्वराजदूत महेश दाहालले देशलाई सकारात्मक दिशामा अघि बढाउन मिडियाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । नेपाल चेम्बरअफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले अर्थतन्त्र विषम परिस्थितिमा रहेको अवस्थामा मिडियाले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *