`

सभामुख घिमिरे स्वदेश फिर्ता

Nepal One HD १८ साउन २०८२ १६:२२
राजनीति

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वीट्जरल्याण्डको जेनेभामा सम्पन्न संसद्का सभामुखहरूको छैटौँ विश्वसम्मेलनमा सहभागिता जनाई आज स्वदेश फिर्ता भएका छन् ।

सभामुख घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी हुन यही साउन ११ गते जेनेभा प्रस्थान गरेका थिए ।

आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले उक्त सम्मेलनमा गरिबीले पछाडि परेका मुलुकहरुलाई कसरी अगाडि बढाउन सकिन्छ ? आइरहेका चुनौती कसरी समाधान गर्न सकिन्छरु शासनसत्ता सञ्चालनमा विधि कसरी बनाउन सकिन्छ ? सरकार सञ्चालन सकिन्छ भन्ने विषयमा छलफल भएका जानकारी दिए।

उनले भने, “अहिले डिजिटल क्षेत्रमा भइरहेका प्रगतिले पार्नसक्ने प्रभाव, यसलाई सरकारले लिनुपर्ने नीति, यसलाई प्रभावकारी ढङ्गबाट कसरी लैजान सकिन्छ ? विश्व राजनीतिक क्षेत्रमा देखा परिरहेका द्वन्द्वहरु असमानतालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो ।”

यही साउन १४ देखि १७ गतेसम्म स्वीट्जरल्यान्डको जेनेभामा आयोजना भएको सम्मेलनका क्रममा उनले संयुक्त अधिराज्य बेलायत, स्वीट्जरल्यान्ड, माल्टा, इजरायल, भुटानलगायत मुलुकका सभामुखसँग द्विपक्षीय भेटघाट गरेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *