`

कक्षा १२ को नतिजा केहिबेरमा सार्वजनिक हुँदै, यसरी हेर्नूहोस् रिजल्ट

Nepal One HD १९ साउन २०८२ १८:०७
शिक्षा

काठमाडाैं । कक्षा १२ को नतिजा केहिबेरमा सार्वजनिक हुने भएको छ। यसका लागि अहिले राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ ।

गत वैशाख ११ गतेदेखि सुरु भएको परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए ।

कक्षा १२ को नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ ।

यस्तै एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।

बोर्डका अनुसार आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देश अनुसार नतिजा प्राप्त गर्न सकिनेछ । यसैगरी यूएसएसडी सेवा अन्तर्गत *१६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *