अनलाइन दर्ता तथा नवीकरण सिडियो कार्यालयमा गर्नुपर्ने व्यवस्था हटाउन प्रेस सेन्टरको माग

समाचार

काठमाडौँ । प्रेस सेन्टर नेपालले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयमा गर्नुपर्ने व्यवस्था संशोधन गर्न माग गरेको छ । सेन्टरले बिहीबार विज्ञप्ति जारी गर्दै सोसम्बन्धी व्यवस्थाले प्रेस स्वतन्त्रता कमजोर झन् कमजोर हुने जनाएको हो ।
बदलिँदो राजनीतिक व्यवस्थाअनुसार आमसञ्चारसम्बन्धी छाता ऐन बनाउनुपर्नेमा ३४ वर्ष पुरानो ऐन संशोधनमा लाग्नु गलत हो । “सरकारले मिडिया नियन्त्रण गर्न खोजेको, सङ्घीयतालाई अस्वीकार गरेको, प्रदेशको अधिकार खोसेको छ, आमसञ्चारमाध्यमको दर्ता, नवीकरण र नियमनलगातका कामलाई व्यवस्थित गर्न छिटो सञ्चारसम्बन्धी छाता ऐन निर्माण गर्न सेन्टरको आग्रह छ,” सेन्टरका महासचिव मनोज घर्ती मगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट