दार्चुलामा स्यालले टोकेर ३ जना घाइते

समाचार

खलङ्गा (दार्चुला) । दार्चुलामा स्यालले टोक्दा तीनजना घाइते भएका छन् ।
स्यालले टोक्दा व्याँस गाउँपालिका-६ बसेडीका ७० वर्षीय गणेशदत्त भट्ट, ५१ वर्षीया धौली भट्ट र ७५ वर्षीया च्याउलीदेवी भण्डारी घाइते भएका हुन् । घाइतेको व्याँस-६ खातीगाउँस्थित ग्रामीण स्वास्थ एकाइ केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल खलङ्गा ल्याइएको थियो ।
जिल्ला अस्पतालमा रेबिजविरुद्धको खोप उपलब्ध नभएपछि तीनैजनालाई उपचारका लागि धनगढी ‘रेफर’ गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी ।
आइतबार साँझ घरनजिकै घाँस काट्ने क्रममा स्यालले उनीहरुलाई टोकेको स्थानीय केशरसिंह खातीले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट