भिजिट भिसा प्रकरण: पूर्वप्रधानन्याधीश श्रेष्ठ वा कार्कीको अध्यक्षतामा छानबिन समिति बनाउन राप्रपाको माग


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ वा सुशीला कार्की मध्ये कुनै एक जनाको अध्यक्षतामा भिजिट भिसा प्रकरणको छानबिनका लागि न्यायिक आयोग गठनको प्रस्ताव गरेको छ ।
प्रतिनिधिसधाको बुधबारको बैठकमा बोल्दै राप्रपा सांसद दिपकबहादुर सिंहले श्रेष्ठ वा कार्कीको अध्यक्षतामा न्यायिक आयोग गठनको प्रस्ताव गरेका हुन् ।
‘यो संसद्का सबै सम्पूर्ण माननीयज्यूसँग म अनुरोध गर्न चाहन्छु– कल्याण श्रेष्ठ या सुशीला कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गरौँ,’ उनले भने, ‘यदि बद्मासी कसैले गरेको छ भने सजाय उसले पाउनुपर्छ । जसले बदमासी गरेको छैन, जस्तो सुकै आयोग गर्दाखेरि पनि के फरक पर्ने छ ?’
सांसद सिंहले न्यायिक आयोग नबन्दासम्म राप्रपाले संसद् बहिष्कारलाई निरन्तरता दिने पनि बताए । ‘त्यही कारणले यदि यो बन्न सक्दैन भने निरन्तर राप्रपाले बिना भत्ता हामी बहिष्कार गर्नेछौँ ।’ उनले भने ।