एमाले केन्द्रीय परिषद् सदस्य कुँवर माओवादी केन्द्रमा प्रवेश

प्रमुख खबर

काठमाडौं । नेकपा एमाले केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुवर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।बैतडीको कुवाकोटका कुँवर शनिबार माओवादी केन्द्रमा प्रवेश भएका हुन् ।
जनयुद्ध कालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुवर नेकपा विभाजन पश्चात् एमालेमा सक्रिय रहेका थिए ।कुँवरलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित निवासमा स्वागत गरेका थिए ।
माओवादी केन्द्रका बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुवर ‘विजय सुन्दर’ ले दीपेन्द्र कुवर पार्टीमा पुनर्मिलनको निम्ति सहजीकरण गरेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट