`

भारतीय विदेशसचिव मिस्री र प्रधानसेनापति सिग्देलबीच भेट

Nepal One HD २ भदौ २०८२ १४:२७
समाचार

काठमाडौं। भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेका छन् ।

उनले त्यस क्रममा हलुका वाहन, महत्त्वपूर्ण स्वास्थ्य उपचार उपकरण तथा सैन्य जनावर (तालिम प्राप्त कुकुर र घोडा) नेपाली सेनाको मुख्यालयमा हस्तान्तरण गरे ।

यी सामग्रीहरूको हस्तान्तरणले दुई सेनाबीचको घनिष्ठ सम्बन्ध मजबुत बनाउनुका साथै रक्षा सहयोगलाई प्रतिबिम्बित गरेको भारतीय दूतावासले जनाएको छ।

‘यसले विश्वास र साझेदारीको भावनालाई अभिव्यक्त गर्दछ, जसले लामो समयदेखि हाम्रो स्थायी सम्बन्धलाई विशेषता दिएको छ ‘,दूतावासले भनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *