`

तीनकुनेमा भएको आन्दोलनमा राप्रपाले विश्वासघात गरेको प्रसाईँको दाबी

Nepal One HD २ भदौ २०८२ १५:३८
राजनीति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा राप्रपाले विश्वासघात गरेको आरोप लगाएका छन् । आइतबार पत्रकार सम्मेलनमार्फत प्रसाईंले राप्रपामाथि यस्तो आरोप लगाएका हुन् ।

साथै प्रसाईंले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि भारतबाट गाडी चोरेर जिविकोपार्जन गरेको आरोप लगाएका छन् ।

‘राप्रपाका राजेन्द्र लिङ्देन दाइलाई म के भन्छु भने–यो त बैंक ठग हो हजुर बैंक ठग हो भन्थे । उसलाई भन्दिनु १५ गते जुन धोका दियौँ । अब जीवनमा तिमिले धोका दिन सक्दैनौँ । तिमि जस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेच्नेको सन्तान म होइन । जुन हिसाबकिताबले मलाई बैंक ठग भनेका थियौँ । मलाई १५ गते राप्रपा मिलेर छुरी हानेको छ । म बाँच्न सफल भएको मान्छे’, उनले भने ।

प्रसाईँले पत्रकार सम्मेलन मार्फत नै लिङ्देनलाई चैत्र १५ गते जुन धोका दियौँ त्यस्तो धोका अब जिवनमा कहिले दिन नसक्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *