`

सहरी विकासमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

Nepal One HD २ भदौ २०८२ १६:११
राजनीति

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र सचिव गोपालप्रसाद सिग्देलबीच आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ ।

सहरी विकास मन्त्रालयको सभाहलमा उपप्रधानमन्त्री सिंहसँग चाँलु आर्थिक वर्षमा गरिने मुख्य काम र हाँसिल हुने उपलब्धिका लागि सचिव सिग्देलले कार्यसम्पादन सम्झौता भएको हो ।

उपप्रधानमन्त्री सिंहले आर्थिक वर्ष २०८२/८३ मा गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन आज भएको सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन दिए । उनले अघिल्लो आर्थिक वर्षमा समयमा काम हुन नसक्दा लक्ष्य हासिल नभएकोमा असन्तुष्टि जनाउँदै समयमा योजना किन सकिएनन् भन्दै प्रश्न गरेका छन् ।

“कर्मचारीहरुले निर्वाह गर्नुपर्ने भूमिका इमानदार भएर पूरा गर्नुप¥यो, समयमा गर्नुपर्ने निर्णय समयमा हुनुप¥यो । पन्छिने प्रवृत्तिले समयमा काम हुन सँक्दैन । गर्नुपर्ने काम समयमा गर्नुस्, जनतालाई छिटो रिजल्ट दिनुपर्छ”, उनले भने, “सहरी विकास मन्त्रालय विकास निर्माणसँग सम्बन्धित मन्त्रालय हो । नागरिकको प्रत्यक्ष चाँसो जोडिएको हुन्छ । जनतालाई छिटो नतिजा दिने गरी काम गर्नुपर्छ । यसमा सबै गम्भीर बन्नुस् ।”

उनले अघिल्लो आवमा भएका कमजोरी नदोहो¥याउन सचेत गराउँदै चालू आर्थिक वर्षमा मन्त्रालयका काम प्रभाकावारी बनाउने गरी लाग्न सचिवसहित सबै विभागीय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

सचिव सिग्देलले गत आवमा केही कारणले आर्थिक प्रगति कम भए पनि भौतिक प्रगति राम्रो भएको भन्दै चालू आवमा कार्य लक्ष्य हाँसिल गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उपप्रधानमन्त्री सिंंहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *