उपसभामुख इन्दिरालाई हटाउन कांग्रेस र एमालेमा छलफल


काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले आ-आफ्नो पार्टीभित्र छलफल थालेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बिहान ९ बजेदेखि पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसेको छ। जुन बैठक उपसभामुखलाई हटाउने विषयमाकेन्द्रित रहेको एक नेताले जानकारी दिएका छन् ।
साथै कांग्रेसले आफ्ना सांसदहरूलाई मंगलबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सिंहदरबारस्थित संसदीय दलमा उपस्थित हुन भनेको छ।
उनका अनुसार सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस र एमालेका प्रमुख सचेतकहरूबीच उपसभामुख हटाउने विषयमा कुराकानीसमेत भएको थियो। सोमबार साँझपख बालुवाटारमा प्रधानमन्त्री र कांग्रेस सभापति देउवासहित दुई दलका शीर्ष नेताहरूबीच पनि यो विषयमा छलफल भएको थियो।
यस्तै एमालेले पनि उपसभामुख हटाउने विषयमा पार्टीभित्र छलफल गरेको छ। एमालेले आजै संसदीय दलको बैठक आकस्मिक रूपमा बोलाएको छ।
एमालेका अर्का एक सांसदले आफू संसदीय दल कार्यालय पुगिसकेको बताए। उनका अनुसार सांसदहरूलाई बिहान १० बजेदेखि नै संसदीइ दल कार्यालय आउनु भनिएको थियो।
प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्ना सांसदहरूसँग आजै छलफल गर्दैछन्।
उपसभामुखलाई आचरणसम्बन्धी प्रश्न उठाएर पदबाट हटाउने तयारीमा कांग्रेस र एमाले छन्। उनीहरूले दुई तिहाइ पुर्याएर उपसभामुखलाई पदबाट हटाउने तयारी गरेका हुन्।
उपसभामुखलाई आचरणसम्बन्धी प्रश्न उठाएर पदबाट हटाउने तयारीमा कांग्रेस र एमाले छन्। उनीहरूले दुई तिहाइ पुर्याएर उपसभामुखलाई पदबाट हटाउने तयारी गरेका हुन्।
उपसभामुख राना मगरले अमेरिकी दूतावासमा पत्र लेखेर भिसा अन्तर्वार्ताका लागि समय सारिदिन आग्रह गरेको पत्र सार्वजनिक भएपछि केही समयअघि उनी विवादमा तानिएकी थिइन्। त्यसबेला कांग्रेस र एमालेका कतिपय सांसदहरूले प्रतिनिधि सभामा बोल्दै उपसभामुखलाई नैतिकताका आधारमा पदबाट राजीनामा दिन भनेका थिए।
त्यसबेला प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपसभामुखविरूद्ध उजुरी पनि परेको थियो। उजुरी परेको ठ्याक्कै एक वर्षमा अहिले उपसभामुखलाई हटाउन कांग्रेस र एमालेले छलफल गरेका हुन्।