प्रधानमन्त्री अस्वस्थ भएपछि प्रश्नोत्तर कार्यक्रम स्थगित

राजनीति

काठमाडौँ । प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।
सभामुखको सचिवालयका अनुसार नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन्। प्रधानमन्त्री अस्वस्थ भएपछि संसद्मा आज हुने भनिएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको हो।
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची थियो।
प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दै छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट