`

सरकारलाई प्रवासी नेपालीका समस्या समाधान गर्न आग्रह

Nepal One HD ९ भदौ २०८२ १७:४१
प्रवास

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले प्रवासमा रहेका नेपालीको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।

नेपाली जनसम्पर्क समिति भारतले तीज पर्वका अवसरमा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष पाण्डेले प्रवासी नेपालीका समस्या समाधान गर्न नेपाल सरकार र भारत सरकारबीच गहिरो समन्वय आवश्यक रहेको बताए ।

कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका उनले नेपालीहरूले भोगिरहेका रोजगार, शिक्षा, स्वास्थ्य, कागजात तथा सामाजिक पहिचानसम्बन्धी समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने बताए ।

‘यी समस्या व्यक्तिगत मात्र होइनन्, यो दुई देशबीचको सम्बन्धसँग प्रत्यक्ष जोडिएको विषय हो, नेपाल सरकार र भारत सरकारले मिलेर मात्र यसको दीर्घकालीन समाधान सम्भव हुन्छ,’ उनले भने ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्ल, जनसम्पर्क समितिका राजनीतिक सल्लाहकार रवीन्द्रराज भण्डारी, आर्थिक सल्लाहकार रवीन्द्रजंग थापा, एभरेष्ट चेम्बर अफ कमर्सका महासचिव मोहन कार्कीलगायतको सहभागीता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *