`

काठमाडौँ ल्याइयो यस वर्षको इन्द्रजात्राका लागि लिंगो (तस्बिरहरु)

Nepal One HD ११ भदौ २०८२ १२:३४
अध्यात्म

काठमाडौँ । यस वर्षको इन्द्रजात्रा अर्थात् यँयाः का लागि लिंगो (यःसिं) काठमाडौं ल्याइएको छ । मानन्धर समुदायका अगुवाहरू, गुठी संस्थान, शार्दूल जंग गुल्म (गुरुजुको पल्टन) सहितको टोली वन प्रस्थान गरी यःसिं आज काठमाडौँको भोटाहिटी ल्याइएको हो ।

पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा दिइएको साइतअनुसार सोमबार राति ९ः०३ को साइतमा वृक्ष कर्तन (रुख कटान) गरी नालाबाट गुठीयारहरुले तानेर ल्याएका हुन् ।

यसरी भोटाहिटीमा ल्याइएको यःसिं यंलाथ्व अस्तमि (कायाःस्तमि)को दिन बिहान ९ः५२ को साइतमा तानेर नगर प्रवेश गराइनेछ ।

भोटाहिटीबाट तानेर नगर प्रवेश गराइएको यःसिं हनुमानढोका कालभैरव र कागेश्वर महादेवका मन्दिर अगाडि भदौ १९ गते बिहीवार बिहान १०ः३१ को शुभ साइतका उठाइ इन्द्रध्वजोत्थान गरिनेछ। यःसिं उठाएपछि काठमाडौँको मुख्य तथा ऐतिहासिक, धार्मिक यँया (इन्द्रजात्रा) औपचारिकरुपमा सुरु भएको मानिन्छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *