`

ऋषिपञ्चमी : बसन्तपुरको मखन महादेव र टेकुको ऋषेश्वरमा श्रद्धालुहरू (तस्बिरहरू)

Nepal One HD १२ भदौ २०८२ ११:४७
अध्यात्म

काठमाडौं। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमीका दिन आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाएका छन् ।

महिलाहरू आज बिहान उठेर स्नान गरी मंगलबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।

आज पशुपतिस्थित गुहेश्वरि गौरीघाट र टेकुस्थित ऋषेश्वर मन्दिरमा महिला श्रद्धालुहरूको भीड लाग्ने भए पनि वर्षाका कारण प्रभावित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *