`

रामकृष्ण ढकालले बनाउन लागेको फिल्म मालती मंगलेको शुभ मुहुर्त

Nepal One HD १२ भदौ २०८२ १५:१८
चलचित्र

काठमाडौँ । गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको चलचित्र मालती मंगलेको आज शुभ मुहुर्त गरिएको छ ।

रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानर र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रको आज कोटेश्वर महादेवस्थान मन्दिरमा शुभ मुहुर्त भएको हो ।

यही भाद्र १४ गते देखि छायांकन सुरु हुने चलचित्र मालती मंगलेमा विजय बराल, वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश जङ्ग ठकुरी, रिजन परियार, सागर भट्टराईलगायत कलाकारहरू रहेका छन् ।

चलचित्रमा पटकथा तथा संवाद लेखन संयोग गुरागाईंको रहेको छ । मालती मंगलेलाई प्रकु पाण्डेयले निर्देशन गर्न लागेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *