`

कतारमा मृत्यु भएका मनोज बरामको शव नेपाल ल्याइदिन आफन्तजनको आग्रह

Nepal One HD १८ भदौ २०८२ २१:२७
प्रवास

गोरखा, १८ भदौ : कतारमा मृत्यु भएका यहाँको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका मनोज बरामको शव ल्याइदिन आफन्तजनले सरकारसँग आग्रह गरेका छन् ।

वैदेशिक रोजगारीका लागी विगत १२ वर्षदेखि कतारमा रहेका बराम गत शनिबार राति सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । ४२ वर्षीय बराम केही वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए । “त्यहाँ शनिबार बिदा हुने रहेछ । त्यो दिन साथिभाईहरुसँग खानपिन गरेर सुतेका रहेछन्, बिहान उठ्दै उठेनन”, वडा सदस्य गोलबहादुर बरामले भन्नुभयो, “रातको २ बजेसम्म श्रीमती पवित्रा बरामसँग कुराकानी भएको रहेछ ।”

बरामको एक छोरा र एक छोरी छन् । उहाँको आर्थिक अवस्थासमेत कमजोर रहेकाले मृतकको शव नेपाल ल्याउन हालसम्म कुनै पहल नभएको वडा सदस्य बरामले बताउनुभयो । उहाँका बुबा र भाई शारीरिक अपाङ्ग छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *