`

निजामती सेवा दिवसका अवसरमा: वृक्षरोपण

Nepal One HD २० भदौ २०८२ १७:५९
समाचार

काठमाडौँ । निजामती दिवसका अवसरमा वन तथा भू–संरक्षण विभागद्वारा कीर्तिपुरस्थित बागबानी केन्द्रमा वृक्षरोपण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा विभिन्न बिरुवा तथा फलफूलका प्रजाति रोपण गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठले वृक्षरोपण कार्यको शुभारम्भ गर्दै भूक्षय नियन्त्रणमा वृक्षरोपण महत्त्वपूर्ण हुने तथा यस क्षेत्रमा हरियाली कायम गर्न सहयोग पुग्ने बताए ।

वन मन्त्रालयका निमित्त सचिव शिवकुमार वाग्लेले निजामती सेवा दिवस मूल समारोहअन्तर्गत विभागले पर्ने वृक्षरोपण गर्दै आएको जानकारी दिए ।

विभागका महानिर्देशक धिरेन्द्रकुमार प्रधानले विभिन्न कारणले हुने भूक्षय नियन्त्रण तथा वातावरण संरक्षणका लागि वनजङ्गल जोगाउनुपर्नेमा जोड दिए ।

वागवानी केन्द्रका प्रमुख दिनेश सापकोटाले विभिन्न प्रकारका बिरुवा बिक्री गरेर केन्द्रले गत वर्ष रु एक करोड दुई लाख राजस्व सङ्कलन गरेको बताए । केन्द्रले फलफूलको राष्ट्रिय स्रोत केन्द्रका रूपमा समशीतोष्ण र सुन्तला जातमा काम गर्ने, किसानलाई तालिम, प्रविधि उपलब्ध गराउन सहयोग गरिरहेको जानकारी दिए ।

कायृक्रममा गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा, श्रम सचिव कृष्णहरि पुस्कर, विभिन्न मन्त्रालयका सहसचिव तथा महानिर्देशकलगायतको एवं निजामती कर्मचारीको सहभागिता रहेको थियो ।

विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएको दिनको सम्झनामा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो । यसपटक २२औँ निजामती सेवा दिवस मनाइँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *