एक महिनादेखि पहिरोले बेहाल अरनिको राजमार्ग (तस्बिरहरू)

फिचर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २, इको क्षेत्रमा साउन १८ गते खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग अझै पूर्णरूपमा सञ्चालन हुन सकेको छैन ।
बीचमा करिब चार दिन मात्रै यातायात आंशिक रूपमा खुलेको थियो, तर पुन वर्षा बढेपछि राजमार्ग फेरि बन्द भएको हो । हालसम्म करिब २५० मिटर सडक प्रभावित छ जसमा ५० मिटर खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ ।
चीनसँगको प्रमुख व्यापारिक नाकातर्फ जाने यो मार्ग बन्द हुँदा कन्टेनर गाडीहरू बाटोमै अड्किएका छन् । विशेष गरी फलफूल र तरकारी बोकेका गाडीका सामान कुहिन थालेका कारण व्यापारीहरू मारमा परेका छन् । केही व्यवसायीहरूले भने भरियाको भरमा सामान लैजान थालेका छन् ।
सडक डिभिजन, स्थानीय सरकार र सुरक्षा निकायबीच अवरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि निरन्तर पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सहज रूपमा खोल्न कठिन देखिएको छ ।









प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट