`

चुली हिमाल आरोहणका लागि खुला

Nepal One HD २२ भदौ २०८२ ७:४६
अर्थ समाचार

काठमाडौँ । चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहरणका लागि खुला गरिएको छ । दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने हिमाल आरोहणका लागि सरकारले खुला गरेको हो । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने सो हिमाल गण्डकी प्रदेशको मनाङ जिल्लामा अवस्थित छ ।

कुल उचाइ छ हजार ३८ मिटर रहेको चुली हिमाल छ आरोहणका लागि जोमसोम, कागबेनी, झार्कोट, मुक्तिनाथ, थोराङला, लेडर हुँदै आधार शिविरतर्फ जान सकिनेछ ।

नेपाल पर्वतारोहण सङ्घले आरोहणका लागि व्यवस्थापन गर्दै आएको सो हिमाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रापजत्रमा सूचना प्रकाशित गरी चुलु सुदूरपूर्व हिमाल आरोहणका लागि अनुमति दिइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *