`

जेन जी आन्दोलन तालिका : माइतीघरदेखि बानेश्वरसम्म मार्चपास

Nepal One HD २२ भदौ २०८२ १८:३१
राजनीति

काठमाडौं । माइतीघरमा आज (आइतबार) बसेको जेन जीका युवाहरुको बैठकले भोलि भदौ २४ गते हुने आन्दोलनको तालिका तयार गरेका छन् । तालिकाअनुसार भोलि बिहान ९ बजे जेन जेडहरु माइतीघरमा भेला हुनेछन् ।
माइतीघरबाट बानेश्वरको एभरेस्ट होटलसम्म मार्चपास गर्ने कार्यक्रम तय गरिएको छ ।

आन्दोलनमा कसैले पनि सम्बोधन नगर्ने भएका छन् । बैठकमा सहभागी एक सदस्यले सुनाए, ‘आन्दोलन केन्द्रित गीत, कविताहरु बाचन गर्न पाइनेछ । तर, स्रष्टाहरु २८ वर्षभन्दा कम उमेरको हुनुपर्नेछ ।’ नेपाल सरकारले फेसबुक लगायत सामाजिक सञ्जाल निष्क्रिय पारेपछि जेन जेड पुस्ताले आन्दोलनको घोषणा गरेका हुन् ।

बिना शर्त सामाजिक सञ्जाल पुनः सक्रिय बनाइनुपर्ने, पुराना नेताहरुले प्रधानमन्त्री बन्दिनँ भनेर प्रतिबद्धता व्यक्त गर्नुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष रुपमा आयुक्त नियुक्ति गर्नुपर्ने लगायतका मागअघि अघि सारिएको छ । आन्दोलनलाई विभिन्न दलका नेता तथा सेलिब्रिटीहरुले ऐक्यवद्धता जनाइरहेका छन् । जेन जीको आन्दोलनलाई काठमाडौं महानगरका मेयर बालेन शाह, कलाकार / निर्देशक निष्चल बस्नेत, गायक शिव परियारलगायतले पनि समर्थन जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *