सुरक्षा घेरा तोड्दै संसद भवन अगाडि पुगे जेनजी, प्रहरीले गर्यो लाठीचार्ज

समाचार

काठमाडौं । माइतीघरबाट निस्किएको जेनजी प्रदर्शनकारीको जुलुस बानेश्वरस्थित संसद भवनतर्फ अघि बढेको छ । प्रहरीको ब्यारिकेड तोड्दै जुलस अगाडि बढेपछि तनाव उत्पन्न भएको छ ।
संसद भवनतर्फ जाने प्रयास गरेका केही युवाहरुलाई प्रहरीले लाठी प्रहार गरेका छन् । त्यसका बाबजुद पनि भिड रोकिएको छैन ।
प्रहरीले संसद भवन अगाडि आएका प्रदर्शनकारीलाई अश्रुग्यास प्रहार गरेको छ । पानीको फोहरा हान्ने गाडीलाई संसद भवन अगाडि राखेको छ ।
युवाहरुले प्रहरीलाई पानीको बोतल प्रहार गरेका छन् । उनीहरुले बालेनको समर्थन र प्रधानमन्त्रीको विरुद्धमा नारावाजाी गरिरहेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट