`

झापाको जेनजी आन्दोलनमा चल्यो गोली, एक जना घाइते

Nepal One HD २३ भदौ २०८२ १४:२१
प्रमुख खबर

झापा । झापाको दमकमा पनि जेनजीको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएको छ । दमक नगरपालिकामा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर कमल गाँउपालिकाका प्रकाश भट्टराई घाइते भएका छन् । उनको दमक अस्पतालमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीले अहिले दमक नगरपालिका घेराउ गरेका छन् । उनीहरू मुठभेडमा उत्रिएपछि प्रहरी पछि हटेको छ । प्रहरी हटेसँगै प्रदर्शनकारीले नगरपालिकामा रहेका गाडी र मोटरसाइकल जलाएका छन् । दमक चोकमा भेला भएका जेनजी पुस्ता नगरपालिकातर्फ बडेपछि प्रहरीले प्रदशनकारीलाई रोक्न गोली र अश्रुग्याँस प्रहार गरेको थियो ।

जेनजीले कोशी प्रदेशका अन्य जिल्लामा पनि प्रदर्शन गरेका छन् । प्रदेश राजधानी विराटनगर, सुनसरीको इटहरी, दमक विर्तामोडलगायतका शहरमा प्रदर्शन जारी छ । अधिकांश कलेज पोशाकमा छन् । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा विराटनगरमा प्रदर्शन गरिरहेका युवा पुस्ताले ‘हामीलाई दलाल होइन, सरकार चाहिन्छ’ भन्दै प्रदर्शन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *