`

पारसको आक्रोश : व्यक्तिगत स्वार्थबाट माथि उठ्न नसकेको मेरो देशलाई ‘हार्दिक श्रद्धाञ्जली’

Nepal One HD २३ भदौ २०८२ १७:०३
प्रमुख खबर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले देशको स्थितिप्रति निरासा व्यक्त गरेका छन् । जेनजी आन्दोलनमा दर्जनौं युवाहरूले ज्यान गएको सन्दर्भमा उनले फेसबुकमार्फत आक्रोश मिश्रित भावना पोखरेका हुन् । खड्काले भनेका छन्, ‘हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ भन्दा उठ्न नसकेको मेरो देशलाई हार्दिक श्रद्धाञ्जली ।’

हेर्नुस् खड्काको स्टाटस :
हाम्रो देश, नामको देश
जता हेरे, त्यतै निराशा, काम भन्दा भाषण बढी
गलत र सही मूल्याङ्कन नभएको सामाजिक मानसिकता
हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ भन्दा उठ्न नसकेको मेरो देशलाई हार्दिक श्रद्धाञ्जली ।
शहीद भएका छन्, धेरैलाई बनाइएको छ
शायद मर्नु शहीद हुनु हो भने
हामी सबै धेरै अघि नै शहीद भइसकेका छौं ।
निःशब्द ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *