खेलकुदमन्त्री चौधरीले दिए राजीनामा

नेपाली कांग्रेस

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन् । चौधरीले आफूले राजीनामा दिएको बताएका हुन् । ‘मैले राजीनामा दिएँ’ उनले भने । नेपाली कांग्रेसमा डा. शेखर कोइराला समूहका मन्त्रीले पदबाट राजीनामा दिन थालेका हुन् ।
यसअघि आजै बिहान कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका थिए । चीन भ्रमणमा रहेका नेता कोइरालाले आफू निकटका मन्त्रीहरूलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए । त्यसलगत्तै उनीनिकट मन्त्रीहरूले राजीनामाबारे छलफल गरेका थिए । छलफलमा पर्यटनमन्त्री बद्री पाण्डेले भने राजीनामाको विषयमा पार्टीले नै निर्णय गरे हुन्थ्यो भन्ने प्रस्ताव गरेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट