दुई दिन शेयर कारोबार नहुने

अर्थ समाचार

काठमाडौँ, २५ भदौः आज र भोलि पुँजी बजारमा शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो ।
“हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ”, नेप्सेले आज सार्वजनिक गरेको सूचनामा भनेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट