हेटौंडामा सुधार गृह फोडेर ५८ बालबन्दी फरार

अर्थ समाचार

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित बाल सुधार गृह फोडेर ५८ बालबन्दी फरार भएका छन् । ७२ जना भागेकामध्ये १३ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । एक जना आफैं फर्किएको सुधार गृहले जनाएको छ । अझै ५८ जना फरार छन् ।
सुधार केन्द्रका प्रमुख प्रदीप गौतमका अनुसार सुधार केन्द्रमा ९४ जना बस्दै आएका थिए । २२ जना बालकहरू भने सुधार गृहमै बसेको जनाइएको छ । गौतमका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजे बालसुधार गृहको संरचना तोडेर उनीहरू फरार भएका हुन् ।
फरार बालकहरूको खोजी कार्य तीव्र पारिएको उनले बताएका छन् । सुधार गृहको गेट बाहिर अभिभावकहरू आएपछि ढुंगामुढा भएको उनले बताए । बाहिरबाट अभिभावकहरूले ढुंगामढा गरेपछि बालबन्दीहरूले भित्र तोडफोड गरेर भागेको उनले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट