साझ ६ बजेदेखि कर्फ्यु आदेश झन कडा

प्रमुख खबर

काठमाडौं । देशभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आज (बुधबार) साझ ६ बजेदेखि कर्फ्यु आदेशलाई झन कडा बनाउने निर्णय गरेको छ ।
पछिल्लो आन्दोलनपछिको परिस्थितिलाई मध्यनजर गर्दै सेनाले यस्तो कदम चालेको हो ।सेनाले निषेधाज्ञा तथा कर्फ्यु को अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प्रयोग गर्ने अत्यावश्यक सवारी साधनहरू मात्र सञ्चालनमा रहन पाउने जनाएको छ ।
नेपाली सेनाले सम्बद्ध निकायहरूसँग समन्वयमा रही आन्दोलनपछिको अवस्था व्यवस्थापन गर्न पहल गरिरहेको जनाएको छ । साथै, नागरिकहरूलाई काम नपरी बाहिर ननिस्कन समेत अपील गरिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट