लोडसेडिङ हटाउने घिसिङलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी, अर्थमा खनाल र गृहमा अर्याल

राजनीति

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री कार्कीले सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लगाएकी हुन्।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अर्थ मन्त्रालयको जिम्मेवारी रामेश्वर खनाल लाई र गृहमन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्याललाई दिइएको छ ।
यस्तै अर्याललाई कानुन मन्त्रालयको पनि जिम्मा दिइनेछ भने घिसिङलाई भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइने जनाइएको छ । उनीहरुको भोलि नै सपथ लिइने जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट