`

जेनजी आन्दोलनका क्रममा जनकपुरधामबाट सुरक्षाकर्मीको हतियार लुट्ने दुई जना पक्राउ

Nepal One HD ३० भदौ २०८२ १८:४९
अर्थ समाचार

जनकपुरधाम, ३० भदौ: ‘जेनजी’ आन्दोलनका क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुईजनालाई आज पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीको एकथान एसएलआर राइफलसहित उपमहानगरपालिका वडा नं ९ का ३७ वर्षीय मनिषकुमार अधिकारी तथा २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कार्यालय तोडफोड, आगजनी र लुटपाट गर्ने क्रममा प्रहरीसँग रहेको ५० राउण्ड गोलीसहित एकथान राइफलसमेत लुटिएकामा ‘सिसिटिभी’ भिडियोका आधारमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

भाडाको घरमा रहेको लोकसेवा आयोगको कार्यालयभित्र चारपाङ्ग्रे गाडी चारथान, मोटरसाइकल चारथान, सिसीटिभी क्यामरा र कार्यालयमा तोडफोड तथा आगजनी भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *