दुई कम्युनिस्ट पार्टीबीच एकता, राखियो नयाँ नाम

प्रमुख खबर

काठमाडौं । लोकनारायण सुवेदीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र नारायणप्रसाद शर्माले नेतृत्व गरेको अखिल नेपाल कम्युनिस्ट पार्टीबीच एकता भएको छ । सोमबार यी दुई पार्टीले एकता भएको घोषणा गरेका हुन् । एकता घोषणा कार्यक्रम गर्दै नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने सहमति पनि भएको जनाइएको छ ।
घोषणा कार्यक्रममा नयाँ जनवादी क्रान्ति पूरा गर्दै समाजवाद हुँदै साम्यवादी समाज स्थापना गर्ने पार्टीको उद्देश्य रहेको दिइएको छ ।
एकता आधारपत्रमा भनिएको छ ‘नयाँ जनवादी पुँजीवादी जनवादी क्रान्ति नै हो । नयाँ जनवादी क्रान्ति सर्वहारा वर्गको नेतृत्वमा मजदुर किसान, राष्ट्रिय पुँजिपतिलगायत शोषित पीडित वर्ग र समुदायका जनताको संयुक्त जनवादी अधिनायकत्व रहेको जनवादी राज्यव्यवस्था कामय गर्दै समाजवादमा संक्रमण हुने पृष्ठभूमि तयार गर्नेछ’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट