सिंहदरबार जलाउनेलाई हामीले कुनै पनि हालतमा छुट दिन सक्दैनौ, हामी फेरि उठ्छौं : नारायणकाजी श्रेष्ठ


काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिंहदरबार जलाउनेलाई कुनै पनि हालतमा छुट दिन नसकिने बताएका छन् । माओवादी पार्टी कार्यालय सरसफाई गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले माओवादी अब जेनजीको मुद्धासँग मिलेर, आन्दोलनको उपलब्धीहरुलाई सफल पार्न अगाडि बढ्ने बताए । उनले आफूहरु जसरी उठ्नु पर्ने हो त्यसैगरि उठ्ने पनि बताए ।
सरसफाइ कार्यक्रममा उनले भने, ‘सबै ध्वस्त हुने गरि जलाईएको छ कतिपय सामान लुटिएको छ । सामानहरु पनि सबै तोडफोड गरिएको छ । सामानहरु कतिपय लुटेको छ । पार्टी कार्यालयको मात्र कुरा होईन राष्ट्रको प्रतिक बनेको सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई हामीले कुनै पनि हालतमा छुट दिन सक्दैनौ ।’
उनले थपे, ‘अब हामीले जे संकल्प गरेका थियौं कि हाम्रो पार्टीलाई रुपान्तरण र पुनगठन गरेर हामी त्यो लक्ष्यमा जान्छौ । जेनजीको मुद्धासँग मिलेर, त्यो आन्दोलनको उपलब्धीहरुलाई सफल पार्न हामी अगाडि बढ्छौ । हाम्रो सम्भावना छ, हामी जसरी उठ्नु पर्ने हो त्यसैगरि उठ्छौ ।’