`

युक्रेनको हिरासतमा रहेका दुई नेपालीलाई आज स्वदेश फर्काइँदै

Nepal One HD ३ असोज २०८२ १२:३५
प्रवास

काठमाडौं । युक्रेनको हिरासतमा रहेका दुई नेपालीलाई आज (शुक्रबार) दिउँसो नेपाल फर्काइँदैछ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै युक्रेनको सीमास्थित हिरासतमा रहेका रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरी स्वदेश फर्काउन लागिएको हो ।

मन्त्रालयले विदेश यात्रा गर्दा सम्बन्धित मुलुकको अध्यागमनलगायत अन्य कानुनको पूर्ण पालना गर्न जानकारी गराएको छ । सम्बन्धित मुलुकको कानुन उल्लंघन गर्दा अवज्ञा वा बेवास्ता गर्दा पक्राउ पर्ने र लामो समयसम्म थुनामा बस्नुपर्ने अवस्था आउने तथा ज्यान जोखिममा पर्ने भन्दै मन्त्रालयले सजग गराएको छ । उनीहरूको उद्धारमा युक्रेनको सीमा सुरक्षा सेवा कार्यालय, गैरआवसीय नेपाली संघ जर्मनी र सरोकारवाला निकायले सहयोग गरेको परराष्ट्रले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *