युट्युब ट्रेन्डिङको पहिलो स्थानमा ‘बलिदान’ ट्रेलर

चलचित्र

काठमाडौं । सार्वजनिक भएको केही घण्टामै चलचित्र ‘बलिदान’को ट्रेलर नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ ।
बडा दशैँको फूलपातीमा रिलिज हुने बलिदान ट्रेलर अन्य मुलुकहरूमा पनि यसले ट्रेन्डिङमा आफ्नो स्थान बनाएको छ । ट्रेलरमा समावेश शक्तिशाली संवाद, तीव्र एक्सन दृश्य र भावनात्मक प्रस्तुतिले धेरै दर्शकको मन जितेको देखिन्छ । विशेष गरी, समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल र अर्पण थापाको फरक अवतार र अभिनयले ट्रेलरलाई आकर्षक बनाएको छ ।
ट्रेलरको भावनात्मक सुरुवातदेखि समीर भट्टको शक्तिशाली संवाद र एक्सनले दर्शकलाई बाँधेर राख्छ । यसमा सौगात मल्ल र समीरबीचको द्वन्द्व अनि अन्य पात्रहरूको प्रस्तुतिले चलचित्रको कथावस्तु झन् रोमाञ्चक हुने देखाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट