`

सञ्चारमन्त्रीको पहिलो निर्णय : १० प्रमुख शहरका सार्वजनिकस्थलमा निःशुल्क इन्टरनेट

Nepal One HD ६ असोज २०८२ १७:१९
समाचार

काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पाँच महिनाभित्र देशका प्रमुख १० शहरका सार्वजनिकस्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् । आजै मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले पहिलो निर्णयमा यो व्यवस्था गर्न भनेका हुन् ।

पदभार ग्रहणका लागि पुगेका मन्त्री खरेलले सुरुमा कर्मचारीले ल्याएको प्रस्तावमा केही थप गर्न लगाएर ल्याउन भनेका थिए । निर्णय अनुसार काठमाडौं बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *