`

जनकपुरधाममा दसैंको अवसर पारेर सस्तो बजार सञ्चालन

Nepal One HD ६ असोज २०८२ २०:०५
अर्थ समाचार

जनकपुर, ६ असोजः विजयादशमीको अवसरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि जनकपुरधाम उपमहानगरपालिका–४ मा ‘दसैँ सस्तो बजार’ सुरु भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको अगुवाइमा आजदेखि सस्तो बजार सुरु भएको हो । सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा आज एक कार्यक्रमबीच सो बजार राम मन्दिरका महन्थ राम गिरीले उद्घाटन गर्नुभयो ।

अध्यक्ष भण्डारीले विगत वर्षहरुमा ७० देखि ८० वटा स्टल राख्ने गरिएकामा यसवर्ष सो सङ्ख्या बढाएर ११५ स्टल राखिएको जानकारी दिनुभयो । सस्तो बजारमा दैनिक उपभोग्य र चाडपर्वका सामान सुपथ मूल्यमा उपलब्ध हुने उहाँले बताउनुभयो । जनकपुरमा विगत ४२ वर्षदेखि दसैँका बेला सस्तो बजार सञ्चालन हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *