`

महाराजगन्ज प्रहरी वृत्तको मर्मत सम्भार गरिदै (तस्बिरहरु)

Nepal One HD ७ असोज २०८२ १२:०७
प्रमुख खबर

काठमाडौँ । जेन जी आन्दोलनको क्रममा भदौ २४ काठमाडौँको महाराजगन्जस्थित प्रहरी वृत्त तोडफोड तथा आगजनी गरिएको थियो, त्यतिमात्र नभएर प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको मृत्यु समेत भएको थियो ।

सुरक्षा अवस्था निकै कमजोर र भवनमा आगजनी गरिँदा बाँकी प्रहरीलाई सेनाले हेलिकप्टरबाट उद्धार समेत गरियो थियो ।
आगजनी, तोडफोड र प्रहरीको मृत्यु पछि उच्च आत्मबलका साथ नेपाल प्रहरी र समुदायको सहकार्यमा प्रहरी वृत्त महाराजगन्जको भवन फेरी चिटिक्क बनाइँदै छ ।

अहिले महाराजगन्ज प्रहरी वृत्तको मर्मत अन्तिम चरणमा पुगेको छ। रंगरोगन, झ्याल-ढोका राख्ने काम भइरहेको छ। कम्प्युटर, इन्टरनेट, टेबुल कुर्सी जस्ता आवश्यक सामग्रीहरूको व्यवस्थापन भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *